Congratulation to Prof. Dr. Ram Prasad Pokhrel, Patron of Nepal Netra Jyoti Sangh receiving The Dignified Supraval Janasewa Shree Award!
The Dignified Supraval Janasewa Shree Award
Congratulation to Prof. Dr. Ram Prasad Pokhrel, Patron of Nepal Netra Jyoti Sangh receiving The Dignified Supraval Janasewa Shree Award!
हेल्थ टुडे,नेत्रज्योति संघका पदाधिकारीलाई देउवाले भने,आँखा उपचार सरकारको प्राथमितामा
काठमाडौं, १ चैत : नेपाल नेत्रज्योति संघका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेर आँखा उपचार सेवालाई प्राथमिकतामा राख्न माग गरेको छ । नेपाल नेत्रज्योति संघका अध्यक्ष डा.चेतराज पन्तको नेतृत्वमा मंगलबार संघका पदाधिकारीले देउवासँग आगामी योजना सञ्चालन गर्न सरकारको सहयोग माग गरेको हो । संघका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले आँखा सम्बन्धि रोगको उपचारलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै संघले आँखा स्वास्थ्यमा गरिरहेको कामको प्रशंसा गरेका थिए । देउवाले संघलाई प्रयाप्त बजेट विनियोजन गर्ने आश्वासन दिएको नेपाल नेत्रज्योति संघका अध्यक्ष डा.चेतराज पन्तले बताए । सो अवसरमा संघले देशभरि आँखा उपचारका क्षेत्रमा गरिरहेको क्रियाकलापको विवरण प्रस्तुत गरेको थियो । संघले देशभरिका दुई दर्जन बढी आँखा अस्पताल र १४८ आँखा उपचार केन्द्र मार्फत ९० प्रतिसत जनतालाई आखा उपचार सेवा प्रदान गरिरहे छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बाधेन गर्दै वहाँले यस्तो बताउनु भएको हो ।
‘सन् १९८१ मा ०.८४ प्रतिशत रहेको नेपालको अन्धोपनाको स्थिति अहिले घटेर ०.२८ प्रतिशतमा झरेको छ । नेपालको यो उपलब्धिको प्रमुख र महत्त्वपूर्ण हिस्सेदारका रुपमा मैले नेत्रज्योति संघलाई मानेको छु’ वहाँले भन्नुभयो‘नेपालको आँखा स्वास्थ्य क्षेत्रमा संघले खेलेको भूमिकाको जति प्रशंसा गरेपनि कमै हुन्छ ।’
कुखुरा र माछाको उदाहरण दिँदै सभामुख घिमिरेले कुखुराले जसरी एउटा अण्डा पार्दा पनि गाँउ नै हल्लिने गरी हल्ला गर्छ तर माछाले पानी भित्र हजारौ अण्डा पार्दा समेत कसैले थाहा पाउदैनन त्यसरी नै संघले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताउनु भयो ।
नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नेत्रज्योति संघको संजाल मार्फत एक बर्षमा ३२ लाखभन्दा बढी आँखाका बिरामीलाई परीक्षण, २ लाख ५८ हजारलाई शल्यक्रिया।
संघको देशैभरी छरिएर रहेका २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत सन् २०२४ मा ३४ हजार ४ सय २५ जना आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको हो । बंगलादेश, भुटान र भारतका नागरिकहरू पनि नेपालमा आँखाको उपचारका लागि आउनेक्रम बढ्दै।
संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रका अनुसार संघद्धारा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुको सहयोग तथा अस्पतालहरुको आन्तरिक श्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो । वहाँका अनुसार संघको सञ्जाल मार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीहरुको आँखा परिक्षण गरि २ लाख ५८ हजार ५७५ जनाको शल्यक्रिया गरिएको छ ।
नेपाल सरकारबाट आँखा उपचार सेवा देशका सबै जनताको घरदैलोमा पु¥याउने दायित्व र निर्देशन प्राप्त भए अनुरुप हजारौँ स्वयमसेवक तथा कर्मचारीहरु मार्फत नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँगको महत्वपूर्ण सहकार्य, निर्देशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय जनसमुदाय एबं दाताहरुको उल्लेख्य साथ र सहयोगमा आँखा स्वास्थ्य सेवालाई हिमाली क्षेत्रका विकट गाऊँहरु देखि तराईका समथर भूमि पूर्व मेची देखि पश्चिम महाकाली सम्मका सर्वसाधारणलाई सहज, सर्वसुलभ र गुणस्तरीय उपचार सेवा पुर्याउने कार्यमा नेपाल नेत्रज्योति संघले अग्रणी भूमिका खेल्दै आएको छ ।
नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघ अन्तर्गतका अस्पतालहरुले प्रवाह गर्ने गुणस्तरिय सेवाकै कारण छिमेकी मुलुक भारत, बंगलादेश, भुटान लगाएका मुलुकका नागरिकहरु समेत नेपालमा आँखा उपचारका लागि आउने गरेका छन् । महासचिव चन्दका अनुसार सन् २०२४ मा मात्र संघको संजाल मार्फत ९ लाख ७ हजार ७१ जना अन्य देशका नागरिकहरुको आँखा परिक्षण गरि १ लाख ६२ हजार ८४५ जना बिरामीहरुको शल्यक्रिया गरिएको छ ।
‘नेपालको आँखा उपचारको गुणस्तरियताका कारण अन्य देशका नागरिकहरु समेत नेपालमा आँखा उपचार गराउने क्रम बढ्दो छ’ महासचिव चन्दले भन्नुभयो ‘अब हामीले बढि भन्दा बढि नेपाली नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने गरी नेपाल सरकारसंगको समन्वयमा आफ्ना योजना र कार्यक्रमहरु अगाडी बढाएका छौ ।’
नेपालमा आँखा उपचारको क्षेत्रमा धेरै विकास भएता पनि अझै पनि धेरै नेपालीहरु आँखा उपचार सम्बन्धी जनचेतनाको अभावमा उपचारबाट बन्चित रहेको बताउनुहुन्छ संघका अध्यक्ष प्रा.डा.चेजराज पन्त । ‘सन् २०२१ मा नेपालका ७ वटै प्रदेशमा गरिएको सर्वेले समेत आँखा उपचार सम्बन्धी जनचेतनाको अभावमा सबैभन्दा बढि नागरिकहरु आँखा उपचार सेवाबाट बन्चित रहेको देखाएको छ त्यसैले सबै मिलेर आँखा उपचार सम्बन्धी जनचेतना जगाउन आवश्यक छ’ प्रा.डा. पन्तले भन्नुभयो ।
वि.स २०३५ साल चैत्र १३ गते गैरसरकारी संस्थाका रुपमा स्थापित संघले आफ्नो स्थापनाको ४६ वर्ष पार गरी ४७ वर्षमा प्रवेश गरेको छ । ४७ औँ नेत्रज्योति दिवसका अवसरमा संघले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गर्ने निर्णय गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल मल्टिपल काउन्सिल ३२५, प्रा।डा। डि।एन शाह, प्रा।डा।ताकेसी नाईतो, डा.जुनसुके आकुरा, डा. रघुनन्दन बेन्जु र कृष्णहरी सापकोटालाई नेत्रज्योति सम्मानबाट सम्मानित गरिने भएको छ । त्यसैगरी श्यामकुमार पोखरेल, चक्रबहादुर सिंह, श्यामसुन्दर उदास, प्रा.डा. दिलबहादुर क्षेत्री र पद्मनारायण चौधरीलाई लाईफ टाईम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।
स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!