नेत्रज्योति संघका पदाधिकारीलाई देउवाले भने,आँखा उपचार सरकारको प्राथमितामा

MARCH 16TH, 2022 समाचार 0 COMMENTS

हेल्थ टुडे,नेत्रज्योति संघका पदाधिकारीलाई देउवाले भने,आँखा उपचार सरकारको प्राथमितामा
काठमाडौं, १ चैत : नेपाल नेत्रज्योति संघका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेर आँखा उपचार सेवालाई प्राथमिकतामा राख्न माग गरेको छ । नेपाल नेत्रज्योति संघका अध्यक्ष डा.चेतराज पन्तको नेतृत्वमा मंगलबार संघका पदाधिकारीले देउवासँग आगामी योजना सञ्चालन गर्न सरकारको सहयोग माग गरेको हो । संघका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले आँखा सम्बन्धि रोगको उपचारलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै संघले आँखा स्वास्थ्यमा गरिरहेको कामको प्रशंसा गरेका थिए । देउवाले संघलाई प्रयाप्त बजेट विनियोजन गर्ने आश्वासन दिएको नेपाल नेत्रज्योति संघका अध्यक्ष डा.चेतराज पन्तले बताए । सो अवसरमा संघले देशभरि आँखा उपचारका क्षेत्रमा गरिरहेको क्रियाकलापको विवरण प्रस्तुत गरेको थियो । संघले देशभरिका दुई दर्जन बढी आँखा अस्पताल र १४८ आँखा उपचार केन्द्र मार्फत ९० प्रतिसत जनतालाई आखा उपचार सेवा प्रदान गरिरहे छ ।